कोरियन प्रविधिको औषधी उद्योग मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता

काठमाडौं। दक्षिण कोरियाको बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा एलिटका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहबिच हस्ताक्षर भयो। 

मिरा बायोटेकको साधारण सभाले कम्पनीलाई पब्लिकमा रूपान्तरणको निर्णय गरिसकेको छ। कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीको योजना बनाएको छ।नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकहरूको पहलमा स्थापित मिरा बायोटेकले अन्तर्राष्ट्रिय स्तरको क्रोनिक सेगमेन्टका औषधी उत्पादन गर्दै आएको छ। करिब २ दर्जन ब्राण्डका औषधी उत्पादन कम्पनीले गरिरहेको छ।

५२ करोड चुक्ता पुँजी रहेको कम्पनीले पुँजी वृद्धि गर्न लागेको हो। हाल सम्म नेपालको सेयर बजारमा औषधीजन्य उद्योग सूचीकृत छैनन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
×

Namaste!

How can We Help You?

× How can we help you?