एलिट क्यापिटलले शुरु गर्यो सेयर बजारबारे निःशुल्क तालिम

 एलिट क्यापिटलले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम सुरु गरेको छ ।

शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरुका लागि निशुल्क तालिम तथा परामर्श शुरु गरेको हो । यस्तो तालिम हरेक शुक्रवार एलिटल क्यापिटलको कार्यालयमा हुने जनाइएको छ ।

सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरुले तालिम दिने जनाइएको छ ।
क्यापिटलले तालिममा सेयर बजारको आधारभुत चरित्र, वित्तिय लगानी योजना, नेपालमा शेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरु लगायतका बिषयमा परामर्श दिइने छ ।

यस्तै सेयर बजारमा लगानीको योजना र सही कम्पनीहरुको छनोट तथा शेयरमा लगानी र कारोवारी तरिकाबारे पनि जानकारी दिईने क्यापिटलले जनाएको छ । तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुदेखि कारोवार गरिरहेका लगानीकर्ताहरु पनि सहभागि हुन सक्नेछन् ।

यस तालिममा सहभागिहरुलाई तालिम पश्चात पनि एलिट क्यापिटलले आप्mना अनुसन्धान प्रक्रियामा सहभागि गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।

हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरुले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाईटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन् । तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सिमित सिट भएका कारण पालो आउन भने समय लाग्न सक्नेछ ।

२०८० जेठ १५ गते १०:१७

Source: https://www.bikashnews.com/2023/05/29/413205.html

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top