एलिट क्यापिटलले ल्यायो नेपालमै पहिलोपटक रिटर्न ग्यारेन्टी स्किम, १० प्रतिशत प्रतिफल पक्का

के तपाईंसँग पैसा भएर पनि लगानी गर्न जान्नु भएन ?

कि लगानी डुब्छ भन्ने डर लागेको छ ?

लगानी गरेर नाफा कमाउन मन भए पनि जोखिम हुन्छ कि भनेर लगानी नगरेकाहरूलाई मध्यनजर गर्दै एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले नेपालमै पहिलोपटक रिटर्न ग्यारेन्टी स्किम ल्याएको छ । 

यो स्किममा आबद्ध हुन कुनै शुल्क लाग्ने छैन भने यदि लगानीमा घाटा भएमा कम्पनीले पूरै व्यहोर्नेछ । यो स्किमअन्तर्गत कम्पनीले वार्षिक १० प्रतिशत प्रतिफल पक्का दिनेछ भने मुनाफामा कम्पनी र ग्राहकबीच ५०/५० हिस्सा बाँडिने कम्पनीले जनाएको छ । 

यो स्किमका लागि ग्राहकले न्यूनतम लगानी १० लाख (नगद वा शेयर) गर्नुपर्नेछ भने लगानीको अवधि २ देखि ३ वर्षको हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । 

एलिटले कसरी दिन्छ नाफा ?

ग्राहकको नाफा सुनिश्चित गर्न एलिटले लगानी व्यवस्थापन गर्छ । कम्पनीका विज्ञहरूले लगानीयोग्य कम्पनीहरू र शेयरबजारको उचित विश्लेषण गरी ग्राहकहरूको लगानीलाई शेयरबजारमा लगानी गरेर उचित मुनाफा दिन्छ । 

घाटा भए त्यो घाटा कम्पनीले नै व्यहोरेर लगानीकर्तालाई नियमित १० प्रतिशत नाफा दिन्छ ।  त्यसभन्दा बढी मुनाफामा कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत दिन्छ । एलिट क्यापिटल नेपाल धितोपत्र बोर्डबाट लाइसेन्सप्राप्त अग्रणी मर्चेन्ट बैंकर हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:४७

Source: https://shilapatra.com/detail/110918?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
×

Namaste!

How can We Help You?

× How can we help you?